फागुन २०, काठमाडौं । युनाइटेड फाइनान्सको सचिवमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रलाई नियुक्त गरिएको छ ।
कम्पनीका सचिव शेष कुमार ढुङ्गानाले स्वेच्छिक अवकाश लिएकाले रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि मिश्रलाई नियुक्त गर्ने निर्णय कम्पनीले गरेको हो ।
कम्पनीको फागुन १९ गतको बैठकले उक्त निर्णय गरिएको नेप्सेमा जारी सूचनामा उल्लेख छ ।

 
                                    





