काठमाडौं । सनराइज बैंक र बेल्स क्याफे धनगढी बीच एक समझौता भएको छ । सनराइज बैकं सुदूरपश्चिम प्रदेश कार्यालयका गा्रहकहरुलाई बेल्स क्याफे धनगढीमा खाना र नास्तामा विशेष छुट दिने समझौता भएको हो ।
समझौता अनुसार सनराइज बैकंको ग्राहक बेल्स क्याफेमा खाना तथा नास्तामा १० प्रतिशत छुट पाउने छन् ।
सनराइज बैकं सुदूरपश्चिम प्रमुख सुरेन्द्र बहादूर शाही र बेल्स क्याफेका प्रबन्धक घनश्याम जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४६ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ।








