बिमकको सूचना प्रविधि मार्गदर्शन २०६७ : बिमा कम्पनीको ‘ब्याक डेट’ कारोबारमा कडाइ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिमकको सूचना प्रविधि मार्गदर्शन २०६७ : बिमा कम्पनीको ‘ब्याक डेट’ कारोबारमा कडाइ

पुरानो मिति राखेर बिमा कम्पनीले पोलिसी जारी गर्ने प्रवृत्तिमा कडाइ गर्दै बिमा समितिले ‘बिमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी गरेको छ । बिमा कम्पनीले आफ्नो ठूलो कारोबार देखाउन र बिमितलाई छिटो कर्जा प्रदान गर्न पुरानो मिति राखेर पोलिसी जारी गर्ने चलनले विकराल रूप लिन थालेपछि समितिले कडाइ गरेको छ । 

जारी मार्गदर्शनअनुसार बिमा कम्पनीले अबदेखि ‘कोर एप्लिकेसन सफ्टवेयर’ अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । सफ्टवेयरमा सोही दिन बन्द (डे इन्ड) हुने खालको कारोबार मात्र प्रविष्टि हुनेछ । वास्तविक समयभन्दा अगाडिका कारोबारको प्रविष्टि, विवरण संशोधन वा परिमार्जन गर्न नसकिने हुनेछ । भुलवश कुनै प्रविष्टि गलत हुन गएमा त्यसमा अर्को भौचरले मात्र सच्याउन सकिनेछ । त्यस्तै, सफ्टवेयरबाट वित्तीय विवरण र कम्पनीको बिमांकी मूल्यांकन प्रतिवेदन निकाल्न सक्ने खालको हुनुपर्नेछ । कम्पनीहरूले औपचारिक मेल र अवरुद्ध नहुने गरी इन्टरनेटको व्यवस्था गर्नुपर्नेछ । 

बिमा समितिले यसअघि ‘बिमकको वेबसाइटसम्बन्धी व्यवस्था २०६५’ जारी गरेको थियो । तर, समयसापेक्ष बिमकले प्रयोग गर्ने सूचना प्रविधि नीति तथा उपयोगबाट बिमितको रक्षा गर्नुपर्ने भएकाले नयाँ मार्गदर्शन जारी गरिएको समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए । समितिले बिमकको सूचना प्रविधि मार्गदर्शन जारी गर्दै कम्पनीहरूलाई आफ्नो वेबसाइटमा खारेज भएका वा प्रचलनमा नरहेका बिमालेखहरूको विवरण राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वेबसाइटमा जालसाजी गरी बिमा दाबी लिएको प्रमाणित भएको व्यक्ति वा संस्थाको विवरण पनि राख्नुपर्नेछ । 

 अनलाइन भुक्तानीलाई खुला
समितिले पोलिसी खरिद गर्दा अनलाइन भुक्तानी पनि गर्न सकिने व्यवस्था गरेको छ । बिमालाई प्रविधिमैत्री बनाउन समितिले बिमकले नयाँ बिमालेख जारी गर्दा, नवीकरण गर्दा, भुक्तानी गर्दा वा प्राप्त गर्दा इजाजतपत्र प्राप्त विद्युतीयभुक्तानीका माध्यमहरूसमेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । 

...

Read More
  • MBL - below news