ग्लोबल आइएमई बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल बीच महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहुँच पुर्याउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले काठमाडौंमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरलरुपमा वित्तीय पहुँच पुर्याउन संयुक्तरुपमा काम गर्नेछन्।