काठमाडौं : प्रुडेन्सियल इन्सुरेन्सले आज (फागुन १८ गते) बाट ६०% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ दरको १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि माघ २७ बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २६ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।
बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकका देशभरका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ । एनएमबि क्यापिटलमा भने दरखास्तका साथ चेक मात्र बुझिनेछ ।








