बैंक अफ काठमाण्डूको बिओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बैंक अफ काठमाण्डूको बिओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरुले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो । 

ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले ‘अब पाउनुहोस्, मोबाइल भुक्तानी मै आम्दानी’ भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ । 

Read More
  • MBL