ग्लोबल आईएमई बैंकद्वारा चेक हस्तान्तरण


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंकद्वारा चेक हस्तान्तरण

ग्लोबल आईएमई बैंकको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आउनुभएका स्वर्गीय राजुगिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको छ ।
ग्लोबल आईएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्वर्गीय राजु गिरीको परिवारलाई बिमाबापतको रकम हस्तान्तरण गरे । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

Read More
  • EBL Ad news