सनराइज बैंकले ल्यायो सरल एसएमई कर्जा, सहुलियत ब्याजमा रु. १ करोडसम्म पाइने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकले ल्यायो सरल एसएमई कर्जा, सहुलियत ब्याजमा रु. १ करोडसम्म पाइने

काठमाण्डौ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले नयाँ कर्जा योजना सनराइज सरल एसएमई कर्जा संचालनमा ल्याएको छ । 

उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

यस व्यवस्था अन्र्तगत ग्राहकले रु. एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केही छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् । 

Read More
  • MBL - below news