दिगो विकास लक्ष्यमा ७५ अर्ब डलर लगानी गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दिगो विकास लक्ष्यमा ७५ अर्ब डलर  लगानी गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

बहुराष्ट्रिय वित्तीय संस्था स्ट्यान्डर्ड चार्टर्ड बैंकले सन् २०२४ सम्ममा दिगो विकास लक्ष्यमा सघाउ पुर्‍याउने योजनामा ७५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । बैंकले दिगो विकास प्रवर्द्धन गर्ने पूर्वाधार निर्माणमा ४० अर्ब डलर र ऊर्जा प्रविधिका सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा ३५ अर्ब अमेरिकी डलर ऋण लगानी गर्ने उल्लेख गरेको छ ।

‘दिगो विकास लक्ष्य पूरा हुन उदीयमान बजारका लागि बर्सेनि २ हजार ५ सय अर्ब अमेरिकी डलर लगानी अभाव रहेको युएनको आकलन छ,’ स्ट्यान्डर्ड बैंकको दक्षिण एसिया क्षेत्रीय सिइओ जुडी एचसुले भनेका छन्, ‘आफ्नो विश्वव्यापी सञ्जाल र स्थानीय क्षमता उपयोग गर्दै हामी दिगो विकास लक्ष्य प्रवर्द्धन गर्ने परियोजनाहरूमा लगानी गर्नेछौँ ।’

बैंकले विश्वभरका आफ्ना कार्यालयमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लगेर २०३० सम्ममा सफा ऊर्जा मात्रै प्रयोग गर्नेछ

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्डले आफू र आफूले लगानी गर्ने परियोजनाको कार्बन उत्सर्जनलाई समेत ‘नेट–जेरो’ स्तरमा पुर्‍याउने घोषणा गरेको छ । यसका लागि बैंकले, ६० मुलुकमा रहेका आफ्ना कार्यालयमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लगेर २०३० सम्ममा सफा ऊर्जा मात्रै प्रयोग गर्नेछ ।

...

Read More
  • MBL - below news
  • EBL Ad news