‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सहकार्य


  • KBL News Ad
  • ADBL
  • City Express
‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बैंकको कमलादी स्थित प्रधान कार्यालयमा आयोजित समारोहमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका हुन् ।

यस सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका डाइरेक्टर अमित अग्रवालले भने, “हामी ग्लोबल आईएमई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनिहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यस सहकार्य सँगै हामीले नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”

Read More
  • EBL Ad news