रजत जयन्ती मनाउँदै बैंक अफ काठमाण्डू


  • KBL News Ad
  • ADBL
  • City Express
रजत जयन्ती मनाउँदै बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

बैंकले आफ्नो रजत जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जानकारी गराएको छ। यस अवसरमा उसले विभिन्न सामाजिक काम पनि गर्ने बताएको छ।

यसै अवसरमा बैंकले नयाँ खाता तथा कर्जा योजना पनि सार्वजनिक गरेको छ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी “बीओके कृषि कर्जा” योजना ल्याएको छ। नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्नेगरी यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ।

त्यस्तै बैंकले ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता सार्वजनिक गरेको छ । विभिन्न सुविधासहित २५ रुपैयाको न्यूनतम मौज्दातमै यो खाता खोल्न सकिने छ।
बैंकले मोबाइल बैंकिङ्ग मार्फत गरिने पहिलो कारोबार अन्र्तगत पहिलो कारोबार बाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल रिचार्ज गर्दा २५ प्रतिशत नगद फिर्ता हुने योजना समेत सार्वजनीक गरेको छ ।

Read More
  • EBL Ad news