बिमा समितिमा परेका ५३ प्रतिशत बढी उजुरीको फैसला


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिमा समितिमा परेका ५३ प्रतिशत बढी उजुरीको फैसला

बीमा समितिमा दर्ता भएका आधा भन्दा बढी उजुरीको फैसला भएको छ।  समितिले विगत तीन वर्षदेखि चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा दर्ता भएका उजुरीहरुको फैसला गरेको जनाएको छ ।

समितिका अनुसार २०७६÷७७ को मंसिर मसान्तसम्म समितिमा २६७ उजुरी दर्ता भएका थिए । यी मध्ये समितिले ८६ वटा उजुरीको फैसला गरेको छ भने ५३ वटा उजुरीका मुद्धा बीमक र बीमितका बीचमा आपसि सहमतिका आधारमा फत्ते गरेको छ । 

समितिका कानून तथा नियमन शाखाका प्रमुख दिनेश लाल कर्णले समितिमा दर्ता भएका मुद्धाहरुलाई सत्य र तथ्यका आधारमा फैसला गर्ने बताए । बीमालेखका सिद्धान्तका आधारमा, न्यायका सिद्धान्तका आधारमा, बीमालेखका सेवा सर्तका आधारमा मुद्धाहरु फैसला गरिने उनले बताए । उजुरी दर्ता गराई वर्षौसम्म सम्पर्कमा नआएका उजुरीका मुद्धाहरुलाई तामेलिमा पठाउने समितिको प्रावधान रहेको छ । दर्ता भएका २६७ उजुरीका मुद्धामध्ये ३ वटा मुद्धा तामेलीमा गएको उनले बताए । 

समितिका अनुसार २६७ उजुरीका मुद्धामध्ये अब समितिमा १२५ मुद्धा बाँकी छन्। यी मुद्धाहरुको पनि फैसला गर्ने कार्य अगाडि बढेको समितिले बताएको छ । बाँकी रहेका उजुरीका मुद्धाहरुलाई सहमति भए बीमित र बीमकलाई राखेर सहमति गराउने र नमिलेको खण्डमा बोर्डमा पठाउने कर्णले बताए । 

Read More
  • MBL - below news