माघ २९,काठमाडौं । हिमालयन बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।
उक्त साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । उक्त बोनस शेयरको वितरणपछि कम्पनीको चुक्तापूँजी रू.९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ पुग्नेछ ।
उक्त सभामा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले शेयरधनी तथा ग्राहकले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको बतए ।
उनले २७ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तीय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे ।
सभामा आव २०७५/ ७६ अन्त्यसम्म रू.१ खर्ब १३ अर्ब ९ करोड निक्षेप संकलन र रू.९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको जानकारी दिइएको थियो ।








