प्रभु बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनबीच बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
बुधबार उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरे। सो सम्झौताअनुसार एनप्याब्सनको आधिकारिक बैंक प्रभु हुनेछ।
एन प्याब्सनले आफ्नाे सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत् गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंको जुनसुकै शाखा कार्यालयमा खाता खोल्न सक्छन्।
साथै विद्यार्थीबाट संकलन गर्ने शैक्षिक शुल्कलगायतका आर्थिक कारोबार बैंकमार्फत्नै संकलन गरिनेछ।









