हिमालयन बैंक मर्जरमा नजाने, एफपिओ नल्याउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हिमालयन बैंक मर्जरमा नजाने, एफपिओ नल्याउने

हिमालयन बैक मर्जरमा नजाने भएको छ । बुधबार सम्पन्न साधारणसभामा शेयरधनीबाट उठेको प्रश्नको जवाफ दिँदै बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकको मर्जरमा जाने कुनै योजना नरहेको र एफपिओ निष्काशनको तयारी पनि नभएको बताएका हुन् ।

शेयरधनीहरुले उठाएको प्रश्नको जवाफ दिदै सीइओ राणाले भने ‘मर्जरको लागि राष्ट्र बैकले पत्र काटेर के गर्दै हुनुहुन्छ भनेर साधेको छ, तर हबिबको शेयरको बेच्न लागेको र अर्काे विदेशी साझेदार खोज्न क्रममा रहेकोले अहिले मर्जरमा जान पर्दैन भनेर राष्ट्र हामीलाई भने छ । ‘ उनले अहिले कुनै पनि बैकसँग मर्जर छलफल नभएको र राष्ट्र बैक तथा अर्थ मन्त्रालयले पनि फोर्स मर्जर भन्दा पनि बिचार मिल्छ भने मात्रै मर्जरमा जान भनेकोले तत्काल मर्जरको सम्भावना नरहेको बताएका हुन् । मर्जर समिति बनेकोले विचान मिल्ने राम्रो बैंक आएमा समितिले छलफल गर्ने उनले स्पस्ट पारे ।

उनले एफपिओ ल्याउँदा विदेशी साझेदार हबिबको शेयर संरचना फेरबेदल हुने भएकोले त्यो बाटोमा नजाने पनि बताए । राष्ट्र बैकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएको र यसको लागि राष्ट्र बैकको ब्यवस्था अनुसार यो वर्ष १० प्रतिशत शेयरलाई संस्थापकबाट साधारण बनाउन प्रस्ताव गरेको उनले बताए । उनले भने ‘ राष्ट्र बैंकले १५ प्रतिशतलाई नै एकैपटक परिवर्तन गर्न दिन्छौ त्यहि अनुसार प्रस्ताव ल्याउन भनेकोले त्यसको प्रक्रिया अगाडी बढेको छ'।

Read More
  • MBL