लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ७ अर्ब बढी बीमाशुल्क आर्जन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ७ अर्ब बढी बीमाशुल्क आर्जन

माघ २९, काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले रू.७ अर्ब ६९ करोड ७७ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 

बुधवार सार्वजनिक गरिएको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको बीमाशुल्क आर्जन ३२ दशमलव ४६ प्रतिशत रहेको छ । गत वर्ष कम्पनीले रू. ५ अर्ब ८१ करोड १३ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो ।

यस वर्ष गत वर्षभन्दा २७ प्रतिशत बढी कम्पनीले दाबी भुक्तानी दिएको छ । गत वर्ष रू.१ अर्ब ४५ करोड ४५ लाख दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू.१ अर्ब ८४ करोड ८५ लाखभन्दा बढी दाबी भुक्तानी गरेको छ ।

बोनस शेयर मार्फत कम्पनीले चुक्तापूँजी बढाएर रू.२ अर्ब १ करोड पुर्‍याएको छ ।

Read More
  • MBL - below news