सनराइज बैंकको शाखारहित बैंकिङ सेवा चितवनको खैरहनीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको शाखारहित बैंकिङ सेवा चितवनको खैरहनीमा

सनराइज बैंकले चितवनको खैरहनी नगरपालिका–१३, गवैमा ४८औं शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ। मं

म‌गलबार  खैरहनी नगरपालिकाका उप–प्रमुखसुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उक्त सेवाको उद्धघाटन गरिएको हो।

खैरहनी नगरपालिकाका उप–प्रमुख खरेल थपलियाले बैंकिङ सेवाका प्रतिनिधि धुर्व कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी शाखारहित बैंकिङ सेवा संचालन गरिएको थियाे।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बताइएको छ।

यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकको भनाइ छ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा दिदैं आएको छ।

Read More
  • MBL - below news