काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७.१२% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ११.२१% र सञ्चालन नाफा ७.१२% बढेको छ । निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः २२.०६ र ६.५२% ले बढेको छ । हाल यसको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको रिजर्भ कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसाले बढेर ३० रुपैयाँ ६३ पैसा पुगेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने १७९ रुपैयाँ ०३ पैसा छ ।








