बैंक अफ काठमाण्डूका ग्राहकले १०० रुपैयाँ पाउने


  • KBL News Ad
  • ADBL
  • City Express
बैंक अफ काठमाण्डूका ग्राहकले १०० रुपैयाँ पाउने

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउस बिच सहमति भएको छ ।

सहमति अनुसार बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाई कनेक्ट आइपिएसमा (ConnectIPS) मा पहिलो पटक दर्ता गर्दा १०० रुपैयाँ खातामा पाउने भएका हुन् । उक्त बैंकका ग्राहकले कनेक्ट आइपिएस (ConnectIPS)मा आफ्ना खातालाई पहिलो पटक लिंक (LINK) गरी बैंकबाट प्रमाणित गरे पश्चात् मात्र खातामा १०० रुपैयाँ जम्मा हुनेछ । ग्राहकले कनेक्ट आइपिएसमा (ConnectIPS) मा दर्ता गरे पश्चात् घरमा नै रहेर आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधा उपयोग गर्न सक्ने बैंकले जानकारीे गराएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर संचालन गरिरहेको छ ।

Read More
  • EBL Ad news