ग्रीन डेभलपमेन्ट बैंकको ब्याज आम्दानी बढ्दा पनि किन घट्यो नाफा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रीन डेभलपमेन्ट बैंकको ब्याज आम्दानी बढ्दा पनि किन घट्यो नाफा

काठमाडौं :  ग्रीन डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी ४०.५८% ले बढ्दा नाफा भने घटेको छ । बैंकको सञ्चालन नाफा घटेसँगै यसको नाफा घटेको हो । खुद नाफा र सञ्चान नाफामा समानान्तर किसिमको गिरावट रहेको छ । खुद नाफा ३.७६% ले घटेको छ भने सञ्चालन नाफा ३.७७% ले घटेको छ ।   पुस मसान्तसम्म आइपुग्दा बैंकले १ करोड ४ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा यसले १ करोड ८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खराब कर्जा ०.०२% ले बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ १७ पैसा छ । बैंकको निक्षेप संकलनमा आकर्षक सुधार आएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news