वाणिज्य बैङ्कलाई चुनौती दिनेगरी मुक्तिनाथ विकास बैङ्कको रिपोर्ट


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
वाणिज्य बैङ्कलाई चुनौती दिनेगरी मुक्तिनाथ विकास बैङ्कको रिपोर्ट

काठमाडौँ । मुक्तिनाथ विकास बैङ्कले वाणिज्य बैङ्कहरुलाई चुनौती दिनेगरी दोस्रो त्रैमासको वित्तीय रिपोर्ट निकालेको छ । उच्च लाभांश र हकप्रद सेयर वितरणका बाबजुद पनि २२ प्रतिशत प्रतिसेयर आम्दानी गरेर मुक्तिनाथले वाणिज्य बैङ्कहरुको भन्दा राम्रो प्रदर्शन गरेको हो । बैङ्कले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४७ करोड २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो अघिल्लो वर्षको सोही समयमा कमाएको भन्दा करिब १० प्रतिशतले बढी हो ।

बैङ्कले पुस मसान्तसम्ममा ४८ अर्ब २३ अर्ब निक्षेप सङ्कलन गरी ४५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा ७, ७ अर्बले बढी हो ।

पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ७९ करोड ९८ लाख रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब १२ करोड रुपैयाँले बढी हो । बैङ्कले आफ्नो पुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको देखाएको छ । यो पुँजी घोषित लाभांश र हकप्रद सेयरको समायोजन पछिको पुँजी हो । बैङ्कले अघिल्लो वर्ष २० प्रतिशत हकप्रद सेयर र त्यसपछिको पुँजीमा १७.६ प्रतिशत  बोनस सेयर जारी गरेको थियो । बैङ्कसँग अघिल्लो वर्षको नबाँडिएको नाफा ३६ करोड रुपैयाँ रहेको देखिएको छ ।

मुक्तिनाथले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी २ अर्ब ३१ करोडबाट बढेर ३ अर्ब १७ करोड पुग्दा ब्याज खर्च १ अर्ब ३९ करोडबाट २ अर्ब ७ करोड रुपैयाँ पुगेको जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ३२ करोड ३१ लाख रहेकोमा यो वर्ष ३८ करोड ४३ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब १४ करोड बढेर २० करोड पुगेको छ ।

Read More
  • MBL