सिद्धार्थ बैंकले नेपालगञ्जमा दुईवटा शाखा खोल्यो


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकले नेपालगञ्जमा दुईवटा शाखा खोल्यो

सिद्धार्थ बैंकले नेपालगञ्जमा दुईवटा शाखा खोलेकाे छ ।  

बैंकको न्यूरोड शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंकका नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटा र  बी.पी. चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक  सापकोटाले गरेका हुन् । 

बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Read More
  • EBL Ad news