काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा हिमालयन बैंकले निकै राम्रो प्रगति गरेको छ । यो अवधिमा बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफामा २७.४६ प्रतिशतको फड्को हानी १ अर्ब ७४ करोडको उचाई चुमाएको हो । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा १ अर्ब ३६ करोडमा सीमित थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ९२ करोड ९२ लाखमा सीमित छ । अघिल्लो वर्ष १ अर्ब ९५ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब ११ करोडको उचाईमा पुगेको छ भने २ अर्ब ४९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ५७ करोडको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब बढी निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ३.०६ र कर्जातर्फ ५.४२ प्रतिशतको बढोत्तरी गरेको हो ।








