नेपाल बङ्गलादेश बैंकको खुद ब्याज आम्दानी घट्यो, नाफा भने बढ्यो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बङ्गलादेश बैंकको खुद ब्याज आम्दानी घट्यो, नाफा भने बढ्यो

नेपाल बङ्गलादेश बैंक (NBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।

पुस मसान्तसम्ममा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ४४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि खुद फि र कमीशन आम्दानी र सञ्चालन मुनाफामा बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ करोड १३ लाख रुपैयाँ घटेर १ अर्ब ३५ करोड ५२ लाखमा सीमित भएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेपछि खुद ब्याज आम्दानीमा गिरावट आएको हो। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७ करोड ४५ लाख रुपैयाँ बढेर १ अर्ब १२ करोड ६२ लाख पुगेको छ। बैंकको खुद फि तथा कमीशन आम्दानी समीक्षा अवधिमा २५ करोड बढेको छ जसका कारण खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा बैंकको निष्क्रिय कर्जा १.७८ प्रतिशतबाट बढेर १.९२ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेपनि बैंकले समीक्षा अवधिमा इम्पेरिमेन्ट चार्ज ११ करोड ८६ लाख रुपैयाँ घटाएर ९ करोड ८० लाख रुपैयाँ कायम गरेको छ। यसले गर्दा पनि बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको यस्तो चार्ज २१ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

Read More
  • EBL Ad news