हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा

काठमाडौं । हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विबाद उत्कर्षमा पुगेको छ । राणा र श्रेष्ठ समूहको एकाधिकार तोडन खेतान समूह सक्रिय भएको छ । एन टेडिड.कम्पनी प्रालि झम्सिखेलको तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ र आभा इन्टरनेशनलन प्रालि थापाथलीको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बनेका अशोक राणाले बैंकमा एकाधिकार जमाएपछि म्युचल टेडिड. प्रालि मार्फत लगानी गरेका खेतान समूहले राणा र श्रेष्ठ समूहको एकाधिकार तोडने कार्यमा लागेको हो ।

हिमालयन बैंकले यहि माघ २९ गते बुधबार वार्षिक साधारणसभा राखेको छ । उक्त दिन ५ जना सञ्चालक चयन गर्ने कार्यक्रम समेत राखिएको छ । त्यतिबेला खेतान समूहले एकाधिकार कायम गरेको भन्दै राणा र श्रेष्ठ समूहको तोडने बताउँदै आएका छन । त्यहि गृह कार्यमा खेतान समूह लागेको छ । खेतान समूहलाई सञ्चालक समितिमा ल्याउन नदिने प्रपन्च राणा र श्रेष्ठ समूहले अपनाएपछि खेतान समूह आक्रोशित बन्न पुगेको हो । 

खेतान समूहले बैंक सञ्चालक समितिमा बहुमत कायम गर्नका लागि हबिबि बैंक लिमिटेड पाकिस्तान र कर्मचारी सञ्चय कोष र शशिकान्त अग्रवालको समेत सहयोग लिने भएको छ । उक्त बैंकमा पाकिस्तानको हबिबि बैंकको २० प्रतिशत, कर्मचारी संचयकोषको १४ प्रतिशत र शशिकान्त अग्रवालको ४.४ प्रतिशत संस्थापक शेयर छ । यसैगरी, छायाँ सेन्टरको ८.८९ प्रतिशत संस्थापक शेयर छ ।

Read More
  • MBL - below news
  • EBL Ad news