कृषि बैंकको नाफामा २२.०८% को बढोत्तरी, अन्य सूचकमा पनि बढोत्तरी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि बैंकको नाफामा २२.०८% को बढोत्तरी, अन्य सूचकमा पनि बढोत्तरी

काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कृषि विकास बैंकले १ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

यो अवधिमा बैंकको खूद नाफा १ अर्ब ५८ करोड आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा नाफा २२.०८ प्रतिशतले बढेको हो । 

यस्तै, संचालन मुनाफामा १६.०८ प्रतिशतको बढोत्तरी भई १ अर्ब ९८ करोड रुपैयाँको उचाईमा पुगेको हो । 

बैंकको खूद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा ९.२५ प्रतिशतको गिरावट आई खूद ब्याज आम्दानी ३ अर्ब १७ करोडमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ७.०१ प्रतिशत र कर्जामा ६.०२ प्रतिशतले वृद्धि भएको हो । 

समीक्षा अवधिमा रिजर्बमा १० अर्ब ४१ करोड रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १० अर्ब ४८ करोड मात्र रिजर्बमा सीमित थियो । 

बैंकले अघिल्लो वर्षको यही अवधिमा ४.५ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ३.९१ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

Read More
  • MBL - below news