सानिमा बैंकको थप नयाँ शाखा जोरपाटीमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको थप नयाँ शाखा जोरपाटीमा

काठमाडौं– सानिमा बैंक लिमिटेडले यही माघ २० गते काठमाडौंको जोरपाटीमा ७९औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)द्वारा संयुक्त रुपमा भयो ।समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Read More
  • MBL - below news
  • EBL Ad news