मुक्तिनाथ विकास बैंक लिमिटेडको वीरगञ्ज शाखा कार्यालयमा आगलागी, यस्तो छ क्षतिको विवरण


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंक लिमिटेडको वीरगञ्ज शाखा कार्यालयमा आगलागी, यस्तो छ क्षतिको विवरण

काठमाडौँ - मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्जको लिंकरोडस्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति आगलागी भएको हो ।

 

बैंकको उक्त शाखामा गएराति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, पि्रन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका वस्तु र र कागजपत्र नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले जानकरी दिए । उनका अनुसार महत्वपूर्ण कागजात र रकम भने सुरक्षित छ ।

बैंकका सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad