सन्राइज बैंक लिमिटेडले मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ्ग सेवाको सुरवात गरेको छ । गत शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष श्री दोरी लाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य श्री राम लाल गछधारले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि श्री देव नारायण चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरि कार्यक्रमको संचालन गरिएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।
हालसम्म सन्राइज बैंकले १३० वटा शाखा,४७ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।








