वित्तीय साक्षरताका लागि ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना...!


  • KBL News Ad
  • ADBL
  • City Express
वित्तीय साक्षरताका लागि ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना...!

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचाररप्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्म साइकल ¥यालीको आयोजना गरेको छ ।

र्यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो । र्याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य राखेका थिए ।

सोही अबसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका छन् ।

Read More
  • EBL Ad news