काठमाडौं : हिमालयन बैंकको २२% लाभांश पाउन सेयरधनी बन्ने आइतबार (माघ १२ गते) अन्तिम दिन हो । माघ २९ गते साधारण सभा गर्न यसले माघ १३ गते सोमबारदेखि बुक क्लोज गर्दैछ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको २२% लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
हिमालयन बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र करसहित १२% नगद लाभांश दिन लागेको हो । सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।








