एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि हुँदा प्रतिशेयर आम्दानी ३३ रुपैयाँले बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि हुँदा प्रतिशेयर आम्दानी ३३ रुपैयाँले बढ्यो

एनएमबि लघुवित्त (NMBMF) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। लघुवित्तले गत वर्षको सोही अवधिको तुलनामा नाफा ३७५.३१ प्रतिशतले बढाएको हो। 

गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो। यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

गत वर्षको यसै अवधिमा लघुवित्तले ८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गत वर्षको यसै अवधिमा लघुवित्तले ८६ करोड ४४ लाख रुपैयाँ निक्षप संकलन गरी १ अर्ब ८० करोड सापटीमार्फत २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ कराड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

Read More
  • MBL - below news