राष्ट्र बैंकका ६२ कर्मचारीको जिम्मेवारी फेरियो


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका ६२ कर्मचारीको जिम्मेवारी फेरियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका ६२ जना कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उपनिर्देशक र सहायक निर्देशक तहमा रहेका ती कर्मचारीहरुको सरुवा र पदस्थापन गरेको राष्ट्र बैंकले जनाएको छ । ६२ जना कर्मचारीमध्ये उपनिर्देशकतर्फ ४७ जना र १५ जना सहायक निर्देशक रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मानव संसाधन विभाग प्रमुख पिताम्बर भण्डारीले जानकारी दिए ।  भण्डारीका अनुसार उपनिर्देशकतर्फ २७ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा भएको हो भने सहायक निर्देशकतर्फ सबै १५ जनाको सरुवा भएको हो । बोर्डबाट निर्णय भएसँगै विभागले उनीहरुलाई तोकिएको कार्यक्षेत्रमा हाजिर हुन समय तोकेरै निर्देशन दिनेछ । 

Read More
  • EBL Ad news