काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडको दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएको छ । बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।