बीमा दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन छिटै कार्यान्वयनमा आउँदै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन छिटै कार्यान्वयनमा आउँदै

दावी भुक्तानी सम्बन्धी मार्गदर्शन २०७६ र दावी उजुरी कार्यविधि २०७६ छिटै कार्यान्वयनमा आउने भएको छ । दाबी भुक्तानीमा देखिएको समस्याहरुको समाधान गर्दै बीमा क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन बीमा समितिले कार्यविधि कार्यान्वयनमा ल्याउन लागेको हो ।

कार्यविधिमा बीमा कम्पनीहरुले ७ दिनभित्रमा नै दावी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । बीमा कम्पनीमा दावी भुक्तानी विभाग गठन गर्नुपर्ने र सो विभागले दावीको प्रकृति हेरी आवश्यक कागजपत्र संकलन गरेर दावी भुक्तानीको प्रक्रिया तुरुन्तै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ । बीमा कम्पनीले दावी भुक्तानी नगरेको वा दावी सम्बन्धी अन्य उजुरी परेमा कम्पनीले १५ दिनभित्रमा समितिमा लिखित जवाफ पेश गरिसक्नु पर्ने समेत स्पष्ट पारिएको छ ।

Read More
  • MBL - below news