सन्राईज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सन्राईज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

सन्राईज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ । बिहिबार आयोजित एक कार्यक्रका बीच सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष श्री विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख श्री विवेक निरौलाले संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि श्रीमती ममता कुमारी चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे उद्घाटन गरिएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 

हालसम्म सन्राईज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Read More
  • MBL - below news