सनराइज बैंक लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संयुक्त विज्ञप्ती


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंक  लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संयुक्त विज्ञप्ती

सनराइज बैंक लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संचालक समितिहरुका ेबैठकको निर्णयानुसार आज मिति २०७६/१०/०८ मा सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (acquisition) गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्नभयो । सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिईने छ ।

सनराइज बैंक लि. नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्र प्राप्त गरि देशभर १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको बैंक हो भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।

गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्ष्ोप करिब रु. ८५ अर्ब, कर्जा लगानी करिब रु.७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशःकरिब ७अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्ष्ोप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ  ।

 

Read More
  • MBL - below news