काठमाण्डौ । सनराइज बैंकले सिर्जना फाइनान्स लिमीटेडलाई प्राप्ति(अक्वायर) गर्ने भएको छ ।
बैंक र सिर्जना फाइनान्सबीच गाभ्ने/गाभिने विषयमा बुधबार सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयरबापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिइने बताइएको छ ।
...








