सिद्धार्थ बैंकको पाँच लाख सहयोग टिच फर नेपाललाई


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको पाँच लाख सहयोग टिच फर नेपाललाई

सिद्धार्थ बैंकले मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको छ।

उक्त रकम बैंकको संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह(संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहकाबीच प्रदान गरेका हुन्।

बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेका बताएको छ।

उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ।

Read More
  • EBL Ad news