नेप्सेमा ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ का १० लाख इकाइहरु सूचीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ का १० लाख इकाइहरु सूचीकृत

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको रु. १ अर्बको ऋणपत्रका १० लाख इकाइहरु सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । 

गत कात्तिकको तेस्रो सातामा बिक्री गरिएको ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ का १० लाख इकाइहरु नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थियो । रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ भने ६ लाख इकाई प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिएको थियो ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको थियो ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा १०.२५ प्रतिशत ब्याज पाउनेछ र ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad