हिमालयन बैंकको वार्षिकोत्सव योजना


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकको वार्षिकोत्सव योजना

ग्राहकलाई होटेलदेखि ग्रोसरीसम्म आकर्षक छुट

हिमालयन बैंकले २७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक छुट योजना ल्याएको छ । सुविधाअन्तर्गत ग्राहकले काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढी स्थानमा विशेष छुटपाउने बैंकले बताएको छ । 

प्रसिद्ध होटेल, रेस्टुरेन्ट, अस्पताल, गहना गृह, कपडा, चस्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुईपांग्रे सवारी, कस्मेटिक, बुटिकलगायत स्थानमा आकर्षक भारी छुट पाउने बैंकले जनाएको छ । 

बैंकले विभिन्न क्षेत्रको सहकार्यमा अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताएको छ । छुट सुविधाका लागि ग्राहकले आफू हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरी  निर्धारित छुट पाउने बताइएको छ । 

छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीको विस्तृत जानकारी बैंककोे अधिकारिक वेभसाइटमा हेर्न सकिने बताइएको छ । हाल ७५ भन्दा बढी स्थानबाट लागू भएको योजना छिट्टै देशभर कम्तीमा  थप २ सय स्थानमा विस्तार गरिने बैंकले जानकारी दिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news