कृषि विकास बैंकको माघ १४ बाट २५ लाख इकाई ऋणपत्र खुल्ने, १०.३५% ब्याज


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकको माघ १४ बाट २५ लाख इकाई ऋणपत्र खुल्ने, १०.३५% ब्याज

काठमाडौं : कृषि विकास बैंकले माघ १४ गतेदेखि २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.३५% ब्याज पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८३ ’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । 
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । लगानीकर्ताले माघ १७ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।
 

Read More
  • MBL - below news