एनएमबि लघुवित्तको १ लाख ८ हजार कित्ता सेयर लिलामी खुल्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनएमबि लघुवित्तको १ लाख ८ हजार कित्ता सेयर लिलामी खुल्यो

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाको आज आइतबार (माघ ५ गते) बाट १ लाख ८ हजार ७३३.१३ कित्ता सेयर लिलामी खुला भएको छ । यो सबै सेयर सर्वसाधारण समूहको हो । कम्पनीले यसअघि कात्तिक २४ गतेदेखी मंसिर २९ गतेसम्म २४ लाख ३० हजार ९३.७५ (१५०%) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा सबै बिक्री नभएपछि बाँकी रहेको सेयर अब लिलामीमा ल्याइएको हो । यसमा १२ गते सम्म आवेदन दिन सकिन्छ । 
 
न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । यसर्थ, लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । बिक्री प्रकन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौबाट आवेदन दिन सकिनेछ ।
 
त्यसैगरी, एनएमबि लघुवित्तको प्रमुख कार्यालय पोखरा महानगरपालिका २५, हेम्जा र सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, वुटवल, नेपालगत्तज, सुर्खेत र धनगढीबाट पनि लिलामी सेयरमा आवेदन भर्न सकिनेछ ।

Read More
  • MBL