राष्ट्र बैंकले २० करोडको ट्रेजरी बिक्री गर्ने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले २० करोडको ट्रेजरी बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ ६ गते २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले २० करोडको ट्रेजरी बिक्री गर्नलागेको हो।

उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ। बिल बोलकबोल भएको भोलिपल्ट अर्थात् ७ गते जारी हुनेछ। यसअघि पुस २८ मा पनि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ अर्ब र एक वर्ष अवधिको ६ अर्बको ट्रेजरी जारी गरेको थियो। जारी हुनलागेको ट्रेजरी बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ।

यसका लागि अनलाइन बिडिङ सिस्टमबाट आवेदन दिनुपर्नेछ भने छुट आम्दानीमा कर लाग्नेछ। कुल ट्रेजरी रकममध्ये १५ प्रतिशत रकम अप्रतिस्पर्धी आवेदकलाई छुट्याइएको पनि राष्ट्र बैंकले जनाएको छ।

Read More
  • EBL Ad news