वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि


  • KBL News Ad
  • ADBL
  • City Express
वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

काठमाडौँ । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ । 

सोही अवसरमा बैंकले शनिबार राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

Read More
  • EBL Ad news