बीमा समितिले दावी भुक्तानी प्रक्रियालाई ब्यबस्थित बनाउने भएको छ । यसका लागि समितिले 'दावी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारि गर्ने तयारी गरेको छ । बीमा दावी भुक्तानीका क्रममा देखिएका समस्याहरुलाई मध्यनजर गर्दै दावी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउनका लागि समितिले उक्त निर्देशिका जारी गर्न लागेको हो ।
मार्गदर्शन जारी भए पछि बीमा दावी भुक्तानीमा देखा परेका समस्या तथा आई पर्न सक्ने समस्यालाई सजिलै सामना गर्न सकिने समितिको विश्वास छ । समितिले जारी गर्न लागेको मार्गदर्शनमा हरेक बीमा कम्पनीले भुक्तानीका लागि दावी विभाग गठन गर्नु पर्ने व्यवस्था रहेको छ । जस अनुसार विभागीय प्रमुखले बीमकमा पर्न आएका दाबीको प्रकृति हेरी आवश्यक पर्ने कागजातहरु संकलन गर्ने तथा दाबी भुक्तानीका लागि आवश्यक प्रक्रिया चाल्नु पर्ने हुन्छ ।
त्यस्तै मार्गदर्शनमा जीवन बीमा कम्पनीहरुले सात दिन भित्रमा दाबी भुक्तानी गर्नुपर्ने ब्यबस्था छ । बीमितले आवश्यक कागजपत्र बुझाई दाबी गरेको अवस्थामा आवश्यक जाँचबुझ गरी जीवन बीमा कम्पनीले एक साता भित्रमा भुक्तानी गर्नुपर्ने मार्गदशर्नमा व्यवस्था गरिएको छ । बीमा अवधी समाप्त हुनु अगावै बीमितको मृत्यू भएमा हकवालालाई १५ दिन भित्रमा दाबी भुक्तानी दिनुपर्नेछ । बीमालेखको अवधि समाप्त हुनु अघि नै सो बीमालेख लिने व्यक्ति (बीमित)को मृत्यु भएमा बीमालेख अनुसारको रकम निजले बीमलेखमा ईच्छाईको व्यक्तिले पाउने छन् ।






