युनाईटेड फाइनान्सको कर्मचारी खर्च ११ करोड, सञ्चालक र पदाधिकारीले तलव /भत्ता कति ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
युनाईटेड फाइनान्सको कर्मचारी खर्च ११ करोड, सञ्चालक र पदाधिकारीले तलव /भत्ता कति ?

अर्थ संसार, काठमाडौं–  पछिल्लो समय बैंक वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल युनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा कर्मचारी खर्च ११ करोड ३७ लाख ४७ हजार ८१६ रुपैयाँ गरेको छ ।
त्यसै गरी अन्य संचालन खर्च ७ करोड ३५ लाख २६ हजार ९८६ रुपैयाँ गरेको छ ।  फाइनान्सले  गत वर्षमा अध्यक्षलाई बैठक भत्ता १ लाख ३० हजार, सञ्चालकहरुको बैठक भत्ता वापत ९ लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी अन्य पदाधिकारीहरुलाई तलव भत्ता, दर्शै खर्च र अन्य सुविधा गरी १ करोड २९ लाख ९६ हजार ३२२ रुपैयाँ खर्च गरेको छ ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ७.५२६३ प्रतिशत नगद लाभांश दिएको छ । फाइनान्सले  १५ औं वार्षिक साधारणसभा पुष २९ गते सम्पन्न गरेको छ ।

Read More
  • EBL Ad news