माघ २, काठमाडौं । सिर्जना फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । माघ २ गते कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । कम्पनीले शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको ६० प्रतिशत हकप्रद विक्री गरी कारोबारका लागि दोस्रो बजारमा सूचीकृत गराएको हो । यो शेयर शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात कारोबार गर्न सक्नेछन् ।