सनराइज बैंकले ल्यायाे क्यास ब्याक योजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकले ल्यायाे क्यास ब्याक योजना

आजदेखि तीन महिनासम्म संचालन हुने उक्त योजना बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याएको हो।

यस योजनाअन्तर्गत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पोइन्ट अफ सेल (पिओएस) टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकले यसमा कारोबार गर्दा २ सय ५० क्यास ब्याक प्राप्त गर्ने भएका छन्।

क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्डमार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम पाँच सय वा सोभन्दा बढीको कारोबार गर्नेपर्ने बैंकले बताएको छ।

साथै कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्डमार्फत एकै पटक वा पटक–पटक गरी एक महिनामा १५ हजार वा सो भन्दा बढीको खरिद कारोबार गरेमा एक हजार क्यास व्याक प्राप्त गर्न सक्छन्।

Read More
  • MBL - below news