लगानीकर्ताको खाताबाट जनता बैंकको शेयर गायव, कहाँ हरायो शेयर ?


  • KBL News Ad
  • ADBL
  • City Express
लगानीकर्ताको खाताबाट जनता बैंकको शेयर गायव, कहाँ हरायो शेयर ?

लगानीकर्ताको खाताबाट जनता बैंकको शेयर एकाएक गायव भएको छ । जनता बैंकको शेयर ग्लोबल आइएमई बैंकको नाममा स्थानातरण गर्ने प्रकृयामा रहेका कारण लगानीकर्ताको डिम्याट खाताबाट शेयर हराएको हो । 

'स्थानान्तरण गर्ने प्रकृयामा रहेका कारण लगानीकर्ताको डिम्याट खाताबाट शेयर हराएको हो'  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रवक्ता शुरेस न्यौपानेले भने । मर्जर प्रकृया सकिएपछि शेयर मिलान गर्न कम्पनीहरुको शेयर लगानीकर्ताले दुई दिन चलाउन नमिल्ने गरी व्यवस्था गरिएकाे हुन्छ । सोही कारण शेयरधनीको खाताबाट जनता बैंकको शेयर चलाउन नमिल्ने भएको हो । 

जनता बैंकका शेयरधनीको नाममा रहेको शेयर सोमबार रातिनै ग्लोबल आइएमई बैंकको नाममा परिवर्तन भइ शेयरधनीको नाममा जम्मा हुने न्यौपानेको भनाई छ । ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । मर्जर सम्झौता पश्चात ग्लोबल आइएमई बैंक र जनता बैंकको असार २२ गते आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।

Read More
  • EBL Ad news